काठमाडौं : राजावादीहरूले आफ्ना एजेन्डालाई कमजोरी ठाने मूल्य महँगो पर्ने चेतावनी दिएका छन् ।राजावादी पक्षधरहरूले काठमाडौंमा एक भेलापछि पत्रकार सम्मेलन आयोजना गर्दै उक्त चेतावनी दिएका हुन् ।
राजावादी पक्षधरहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘हामी पुनः जोड दिन चाहन्छौं, हामी शान्ति र अहिंसाका पक्षधर हौं । हामी जनताको सर्वोच्चतामा आधारित राजसंस्था चाहन्छौं । तर हाम्रो शान्तिप्रियतालाई कमजोरी ठानेर हाम्रा एजेन्डाको अपव्याख्या गर्दै सोको आधारमा ठूला पार्टीहरूले कित्ताबन्दी गर्दै प्रतिकारमा उत्रिएमा त्यसको मूल्य निकै महँगो पर्न सक्छ।’
राज्य सञ्चालनका लागि राजनीति दलहरू दुवै अटाउन सकुन् भन्ने आफूहरूको चाहना रहेको उनीहरुले बताएका छन् ।संवैधानिक राजसंस्थाको पुनर्स्थापना, सनातन हिन्दू अधिराज्यको पुनर्स्थापना, संघीयता खारेजी, भ्रष्टाचार नियन्त्रण र सुशासन लगायतका माग विज्ञप्तिमा उल्लेख गरिएको छ।
हालैको समयमा श्रीलङ्का, बङगलादेश र सिरियामा सत्ताशीनहरूले सडकमा मुखरित भएको व्यापक आवाजलाई न्यूनीकरण गर्न र दबाउन खोज्दा ती देशहरूमा जस्तो परिस्थितिको निर्माण भएको उनीहरूको निष्कर्ष छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij