Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सरकार परिवर्तनकाे कुनै सम्भावना छैन: एमाले प्रमुख सचेतक

सरकार परिवर्तनकाे कुनै सम्भावना छैन: एमाले प्रमुख सचेतक

काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला वर्तमान सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको बताएका छन् । संसद भवन नयाँ बानेश्वरमा सोमबार सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले ठूला दुई दलका साथै अन्य केही दल मिलेर बनेको वर्तमान सरकार नै राष्ट्रिय सहमतिको आधारमा बनेको सरकार भएकाले सरकार परिवर्तनको कुनै सम्भावना नरहेको दावी गरे ।

उनले सरकार परिवर्तन तथा कुनै दललाई सरकारमा भित्र्याउने वा बाहिर पठाउने भन्ने बिषयमासमेत कुनै बैठक नभएको स्पष्ट पारे । सरकारमा आउन रुची भएका दलहरुले सरकार परिवर्तनको हल्ला चलाएको उनको भनाइ छ । अहिलेको सरकार सहज ढंगले अघि बढिरहेको र यही सरकारले निरन्तरता पाउने बताए । अहिले कांग्रेस र एमालेको संयुक्त सरकार भएपनि ८४ को निर्वाचनमा एमालेले बहुमत ल्याउने गरि तयारी गरिरहेको बर्तौलाको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट