Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

मुलुकको समृद्धिका पक्षमा धेरै काम भएका छन् : सभापति देउवा

मुलुकको समृद्धिका पक्षमा धेरै काम भएका छन् : सभापति देउवा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रपछि मुलुक र जनताको समृद्धिका लागि धेरै काम भएको बताएका छन् । राष्ट्रिय समाचार समितिद्वारा प्रकाशित ‘रासस फोटो किताब : गणतन्त्रका १६ वर्ष’ पुस्तक आज उनलाई हस्तान्तरणका क्रममा सभापति देउवाले सो कुरा बताएका हुन् ।

उनले देशमा भएका विकास निर्माणका कामका बारेमा सन्देश प्रवाह गरी ‘केही काम भएको छैन्’ भन्ने नकारात्मक भाष्यलाई चिर्नु आवश्यक भएको उल्लेख गरे । मुलुकमा भएका कामका बारेमा जनतामा जानकारी गराउनु जरुरी रहेको र त्यसका लागि यस प्रकारका पुस्तकको ठूलो महत्व हुने उनको भनाइ थियो ।

पुस्तक अवलोकनपछि उनले भने, ‘यद्यपि अझै जनअपेक्षाअनुसारका धेरै काम गर्न बाँकी छ, यसमा सबै हातेमालो गरी अघि बढौँ ।’ सभापति देउवाले सो अवसरमा राष्ट्रिय समाचार समितिका काम कारबाही बारेमा समेत चासो व्यक्त गर्दै पछिल्ला दिनमा राससले प्रभावकारी रुपमा काम गर्दै आएको आफूलाई जानकारी प्राप्त भएको उल्लेख गरे ।

त्यस अवसरमा कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले फोटो किताबको विषयमा सभापति देउवालाई जानकारी गराएका थिए । सो कार्यक्रममा राससका कार्यकारी अध्यक्ष झा, महाप्रबन्धक सिद्धराज राई, प्रशासन प्रमुख शीतलप्रसाद महतो, वरिष्ठ समाचारदाता भीष्मराज ओझासहितको टोलीले सो पुस्तक हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट