काठमाडौं : गृहमन्त्री रमेश लेखकले बालसुधार गृहमा देखिएका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन्।प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका विषयको जवाफ दिँदै गृहमन्त्री लेखकले यसको उचित व्यवस्थापन गर्न आफू लागिपरेको बताएका हुन्।
गृहमन्त्री लेखकले भने, ‘बालसुधार गृहमा समस्या देखिएका छन्। बालसुधार गृहमा देखिएका समस्यालाई सररकाले गम्भीरतापूर्वक लिएको छ। यसको व्यवस्थापन गर्ने पनि म प्रतिवद्धता व्यक्त गर्न चाहन्छु।’गृहमन्त्री लेखकले कानुन कार्यान्वयनमा गृहमन्त्रालयका संयन्त्र निष्पक्षतापूर्वक परिचालन गरिएको बताए।
उनले नेपाल प्रहरी विधेयक,सशस्त्र प्रहरी बल, नेपाल विधेयक, नेपाल नागरिकता दोस्रो संशोधन विधेयकहरू संसदमा टेबुल भइसकेको र अध्यागमन,संघसंस्था, जग्गा प्राप्तिलगायत महत्वपूर्ण कानुनहरू मस्यौदाको निर्माणको क्रममा रहेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij