काठमाडौँ : ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि तफाबार छलफलमा संशोधन प्रस्ताव दर्ता गरेका नेकपा (माओवादी केन्द्र) का सांसद सूर्यमान तामाङ ‘दोङ’ अनुपस्थित भएका छन् ।
अहिले प्रतिनिधिसभाको बैठकमा चलिरहेको संशोधनकर्ताको छलफलमा सभामुख देवराज घिमिरेले संशोधनकर्ता दोङलाई तीन पटकसम्म बोलाए । तर, उनी अनुपस्थित भएपछि अहिले संशोधनकर्ता राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आफ्नो संशोधन प्रस्तावमाथि धारणा राखिरहेकी छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij