काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर राणाले गणतन्त्र असफल भइसकेको बताएका छन् ।प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद राणाले उक्त कुरा बताएका हुन् ।उनले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पूर्ण रूपमा असफल भइसकेकाले सनातन हिन्दु राज्यमा मुलुकलाई फकाउनुपर्ने बताए।
सांसद राणाले भने, ‘देशमा परिवर्तनको हावा चलिसक्यो । देश पूर्णरुपमा असफल भइसक्यो । देशमा जनताले सनातन हिन्दु राज्य चाहेका छन् । त्यसैतर्फ जाउँ । असफल भएको गणतन्त्र हटाउँ ।’सांसद राणाले अहिले आम नागरिकले सनातन हिन्दु राज्य चाहेको बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij