Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

ओली नेतृत्वकै सरकारमा समस्या छ : लेखनाथ दाहाल

ओली नेतृत्वकै सरकारमा समस्या छ : लेखनाथ दाहाल

काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गणतन्त्र पक्षधरहरूको सरकार बन्ने सम्भावनाको ढोका खुलेको बताएका छन्।संघीय संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै सांसद दाहालले सो कुरा बताएका हुन् । उनले गणतन्त्र पक्षधरहरूको सरकार बन्नेबारे प्रारम्भिक छलफल भइरहेको र यसले आकार भने लिइनसकेको बताए।

सांसद दाहालले भने ‘संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरू एक ठाउँमा उभिने, सहकार्य गर्ने र गणतन्त्र विरोधीहरूसँग हाम्रो सहकार्य हुँदैन । गणतन्त्र पक्षधरहरूको सरकार बन्ने सम्भावनाको ढोका खुलेको छ। यसबारे हामीले छलफल सुरू गरेका छौं, प्रारम्भिक हो, आकारण लिइसकेको छैन।’उनले केपी ओली नेतृत्वको सरकारमै समस्या रहेको दाबी गरे। सरकारमै बसेर सत्ता र व्यवस्थाविपरीत गतिविधि भइरहेको पनि उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट