Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

रघुजी बोल्दा ज्ञानेन्द्रले आपत्ति जनाएपछि लफडा

रघुजी बोल्दा ज्ञानेन्द्रले आपत्ति जनाएपछि लफडा

काठमाडौँ : प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्त बोल्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले आपत्ति जनाएपछि लफडा भएको छ । सांसद पन्तले राजसंस्थाको बारेमा बोलिरहेका थिए । उनले राजाहरूले गरेका गल्तीहरूका बारेमा बोल्दा राप्रपा सांसद शाहीले आपत्ति जनाएपछि भनाभन भएको थियो ।

उनले नभएका कुरा बोल्न नपाइने भन्दै आपत्ति जनाउन खोजे पनि सभामुख देवराज घिमिरेले बोल्न दिएनन् । तर, उनले आपत्ति जनाइरहेपछि केहीबेर लफडा भएको थियो । सांसद शाहीले बोल्न समय मागिरहे । त्यसपछि सभामुख घिमिरेले भने, ‘मैले तपाइलाई बोल्न दिएको छैन, बोल्न दिएका माननीयज्यूलाई बोल्न दिनुहोस् ।’ त्यसैबिचमा सांसद पन्तले आफूसँग बहस गर्न इतिहास पढेर आउन चुनौती दिए ।

त्यसपछि केहीबेर लफडा भएपछि सभामुख घिमिरेले केही व्याख्या गरे । उनले भने, ‘घिमिरे नियमावलीको आधारबाट अभिव्यक्ति दिन्छौँ । त्यसैका आधारमा सत्य तथ्यमा आधारित भएर बोल्नु भएको छ । कैयौँ मानिसलाई झुटो र बेठिक लाग्न सक्छ । विधिवत ढंगबाट प्रमाणित र खण्डन गर्नुपर्छ । अनुमति दिने नदिने काम गरिएको छ ।’

अन्तिममा पन्तको काटिएको समय सभामुख घिमिरेले थपिदिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट