काठमाडौं : समाजवादी मोर्चाले राजावादीहरूविरुद्ध सशक्त प्रतिवाद गर्न जरुरी रहेको निष्कर्ष निकालेको छ।काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मोर्चाले गणतन्त्रको रक्षा गर्न सबै दलहरूले राजावादीविरुद्ध प्रतिकार गर्न आवश्यक रहेको स्पष्ट पारेको हो।देश र जनताको हित विपरीत अहिले राजतन्त्र पुनःस्थापनाको षड्यन्त्र भइरहेको मोर्चाको भनाइ छ।
मोर्चाले चार बुँदे विज्ञप्तिमा जारी गर्दै भनेको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहीनता, सरकारको मानोमानी, देश एवं जनताको हित विपरीतका गलत क्रियाकलापका कारण जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रका विरुद्ध राजतन्त्र पुनःस्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुनर्उत्थानवादी तत्त्वहरू लागिपरेका छन्। यसको सशक्त प्रतिवाद गर्नु, गणतन्त्रको रक्षा गर्नु र नेपाली विशेषताको समाजवादको दिशामा अगाडि बढ्नु बर्तमान राष्ट्रिय राजनीतिको मुख्य कार्यभार बन्न गएको छ।’
राज्यसत्ताको बागडोर सम्हालेकाहरूको अलोकतान्त्रिक रबैया र गतिविधिका कारण नेपाली जनताका अधिकारहरू एकपछि अर्को कुण्ठित हुँदै गएको मोर्चाको दाबी छ।राज्य सञ्चालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको मोर्चाको भनाइ छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij