काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वंशको आधारमा लुट्न खोज्नेहरूको हातमा देश पुगे बर्बाद हुने बताएका छन् ।समाजवादी मोर्चाले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन् ।उनले लुट्ने इतिहास बोकेकाहरूको हातमा देश जान नहुने बताए । पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै नेपालले वंशको आधारमा देश चलाउँछु भन्नेहरूले देशलाई लुट्न मात्रै जानेको बताए।
अध्यक्ष नेपालले भने,‘अब यो वंशको शासनको कुरा छाडिदिनुस् । तिनीहरूले न त्याग, तपस्या र बलिदान गरेका छन् । देशलाई लुट्न मात्रै जानेका छन् । लुट्ने इतिहास बोकेकाहरूको हातमा देशलाई लगेर बर्बाद पार्ने होइन।’
जनतामा असन्तुष्टि बढेको र पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्कने क्रममा त्यो सकडमा प्रकट भएको भन्ने प्रश्नको जवाफमा उनले व्यवस्था बदलिनु पर्ने तर पुरानोतिर फर्कने नभई अग्रगमनतिर जानु पर्ने विचार व्यक्त गरे।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij