काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनरत शिक्षकहरूको मागलाई गम्भीर रूपमा लिन सरकारलाई आग्रह गरेका छन्।नेपाल शिक्षक महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा अध्यक्ष प्रचण्डले शिक्षकका माग उपेक्षा गरिए त्यसको परिणाम राम्रो नहुने चेतावनी दिएका हुन्।विद्यालय शिक्षा विधेयक पारित गर्न चुनौतीपूर्ण रहेको उनको भनाई छ ।
अध्यक्ष प्रचण्डले भने,’अहिले जे-जति संशोधन दर्ता भए पनि कतिपय एउटै प्रकृतिका छन्। उपसमिति बनाएर भए पनि तत्काल पारित गर्न सकिन्छ । तर, मुख्य कुरा इच्छाशक्तिको हो। शिक्षा र शिक्षकका विषय सरकारको प्राथमिकतामा नपर्दा ढिलाइ भएको छ।’
शिक्षकका माग र समग्र शैक्षिक क्षेत्रमा एउटै दृष्टिकोण बन्न नसकेको बताउँदै प्रचण्डले देशको विकास र समृद्धिको आधार नै शिक्षा भएकोमा जोड दिए।अध्यक्ष प्रचण्डले शिक्षक महासंघले उठाएका विषयमा सडक र संसद दुवै ठाउँबाट माओवादी केन्द्रले सशक्त भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij