Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

नेकपा एसको समाजवादी अभियान सुरु

नेकपा एसको समाजवादी अभियान सुरु

काठमाडौं : नेकपा एकीकृत समाजवादीले सुशासन, रोजगारीलगायत विषयकेन्द्रित देशव्यापी समाजवादी अभियान सुरु गरेको छ । आगामी २२ वैशाखसम्म सञ्चालन हुने अभियानमा विभिन्न क्षेत्रका संघ, संगठन तथा व्यक्तिहरूसँग वडा, गाउँ, प्रदेश र केन्द्रस्तरमा छलफल गरिने केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।

अभियानका क्रममा शिक्षा, स्वास्थ्य, पर्यटन तथा पूर्वाधारलगायत क्षेत्रमा विज्ञबाट सुझाव सङकलन गरिने छ । जनताका विकासका चाहना पूरा नभएका बेला उनीहरूका असन्तुष्टि सम्बोधन गर्न तथा देशको वर्तमान अवस्थाबारे उनीहरूलाई अवगत गराउन अभियान उपयोगी हुने विश्वास उनले व्यक्त गरे।

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट