Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

प्यालेस्टिनीलाई ‘देश निकाला नगर्ने’ ट्रम्पको भनाइ सकारात्मक

प्यालेस्टिनीलाई ‘देश निकाला नगर्ने’ ट्रम्पको भनाइ सकारात्मक

इजिप्ट, जोर्डन, हमास र प्यालेस्टाइन लिबरेशन अर्गनाइजेसन (पिएलओ) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाबाट ‘कसैले पनि प्यालेस्टिनीलाई देश निकाला नगर्ने’ भनाइलाई सकारात्मक भन्दै यसको स्वागत गरेका छन् ।

ट्रम्पको टिप्पणीले प्यालेस्टिनी भूमि कब्जा गर्ने र त्यहाँका जनसङ्ख्यालाई छिमेकी देशहरूमा विस्थापित गर्ने उहाँको व्यापक आलोचना गरिएको प्रस्तावबाट पछि हट्ने सङ्केत गरेको देखिन्छ । यद्यपि, यसको व्याख्याबारे तत्काल थप स्पष्ट भएको छैन ।

प्यालेस्टिनीलाई गाजाबाट निकाल्ने योजनाबारे आयरल्यान्डका प्रधानमन्त्री माइकल मार्टिनसँग छलफल भइरहेको छ कि छैन भनेर सोधिएको एक पत्रकारको प्रश्नको खण्डन गर्दै ट्रम्पले भन्नुभयो, “कसैले पनि प्यालेस्टिनीलाई देश निकाला गर्दैन।”

अमेरिका र कतारसँगै हमास र इजरायलबीचको युद्धविराम वार्तामा मध्यस्थता गरिरहेको इजिप्टले ‘गाजा क्षेत्रका बासिन्दाहरूलाई वस्ती छोड्न माग नगर्ने सम्बन्धमा’ अमेरिकी राष्ट्रपति ट्रम्पको वक्तव्यको प्रशंसा गरेको छ ।

इजिप्टको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, “ट्रम्पको वक्तव्यलाई ‘सकारात्मक दिशा’ हो । यसलाई शान्तिका लागि प्रयास अघि बढाउनका लागि प्रयो गरिनुपर्छ ।”जोर्डनले ‘अमेरिकी राष्ट्रपतिको बुधबार गरेको टिप्पणी’ को स्वागत गर्दै दुई–राज्य (प्यालेस्टिनी र इजरायली) समाधान र ‘न्यायपूर्ण र दिगो शान्ति हासिल गर्ने महत्वलाई जोड दिएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको नेतृत्वमा रहेको सरकारले प्यालेस्टिनी राज्यको दर्जा अस्वीकार गरेको छ । नेतन्याहूको भ्रमणका क्रममा ट्रम्पले युद्धग्रस्त गाजाबाट २० लाखभन्दा बढी पालेस्टिनीलाई विस्थापित गर्ने विचार अघि सार्नुभएको थियो ।

इजिप्ट र जोर्डनले उक्त प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पले सोही महिनाको अन्त्यतिर उक्त योजनालाई ‘जबरजस्ती नगर्ने’ बताउनुभएको थियो । हमासका प्रवक्ता हाजेम कासिमले पनि ट्रम्प गाजाका लागि अमेरिकी प्रस्तावबाट ‘स्पष्ट रूपमा पछि हटेको बताउनुभएको छ ।

“गाजाका बासिन्दालाई देश निकाला नगर्ने ट्रम्पको अभिव्यक्ति स्वागतयोग्य छ,’ उहाँले एएफपीसँग भन्नुभयो । गाजाबारे ट्रम्पको विचारको अमेरिकी सहयोगीहरूले पनि आलोचना गरेका थिए ।त्यसपछि अरब राष्ट्रहरूले प्यालेस्टिनी प्राधिकरणको भावी प्रशासनअन्तर्गत गाजा पट्टीको पुनर्निर्माण गर्ने योजनाका साथ प्रतिवाद गर्दै आएका छन् ।

‘प्यालेस्टाइन लिबरेशन अर्गनाइजेसन’का महासचिव हुसेन अल-शेखले लेख्नुभएको छ, “अमेरिकी राष्ट्रपतिले गाजा पट्टीका बासिन्दालाई आफ्नो मातृभूमि छोड्न आवश्यक छैन भन्ने पुष्टि गर्नुभएको अभिव्यक्तिको हामी सराहना गर्दछौँ ।”इजिप्टको नेतृत्वमा रहेको अरब लिगले अघि सारेको पुनर्निर्माण योजनालाई आफूलाई ‘मुस्लिम विश्वको सामूहिक आवाज’ भन्ने ५७ सदस्यीय इस्लामिक सहयोग सङ्गठनले अङ्गीकार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट