Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बानेश्वर बहुमुखी क्याम्पस : अखिल क्रान्तिकारीबाट स्ववियु सभापतिको उम्मेदवारमा अधिकारी

बानेश्वर बहुमुखी क्याम्पस : अखिल क्रान्तिकारीबाट स्ववियु सभापतिको उम्मेदवारमा अधिकारी

काठमाडौँ : बानेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी) को तर्फबाट भूमिराज अधिकारी स्ववियु सभापतिको उम्मेदवार बनेका छन् । बिहीबार सो सङ्गठनले अधिकारीलाई स्ववियु सभापतिको उम्मेदवार बनाएको हो ।

सो सङ्गठनको तर्फबाट स्ववियु सचिवमा रविन रिजाल र कोषाध्यक्षमा सन्जिता भट्टराईलाई उठाउने निर्णय भएको छ । साथै क्याम्पस समितिको इन्चार्जमा अधिकारी र संयोजकमा पेरिसराज गिरीलाई जिम्मेवारी दिने निर्णय भएको छ । सहसंयोजकमा स्मिता कार्कीले जिम्मेवारी पाएकी छन् ।

बिहीबार सो सङ्गठनका केन्द्रीय अध्यक्ष विजयप्रकाश सापकोटा र नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य युवराज चौलागाईंको विशेष आतिथ्यतामा बसेको बैठकले सो निर्णय गरेको संयोजक गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट