Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

व्यवस्थाविरोधी शक्तिहरू सुनियोजित रूपमा अघि बढेका छन् : नारायणकाजी श्रेष्ठ

व्यवस्थाविरोधी शक्तिहरू सुनियोजित रूपमा अघि बढेका छन् : नारायणकाजी श्रेष्ठ

दोलखा: नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले व्यवस्थाविरोधी शक्तिहरूले सुनियोजित ढंगले अघि बढेको बताएका छन्।प्रेस सेन्टर नेपाल दोलखा जिल्ला समितिद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।उनले व्यवस्थाविरोधी शक्तिहरूका विरुद्ध प्रस्तुत हुनेबारे गणतन्त्रवादी दलहरूसँग छलफल गरिरहेको बताए।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, ‘प्रतिगामी शक्तिहरूको विरुद्ध हामीले छलफल त गरिरहेकै छौँ । अहिले लोकतान्त्रिक उपलब्धिहरूलाई खोस्ने वा अपहरण गर्ने प्रवृत्ति निर्णायक बिन्दुमा पुगिसक्यो भन्ने मूल्यांकन गरेर अभियान स्थगित गरेर आएका होइनौँ । तर, त्यो प्रयत्न पहिले भन्दा सुनियोजित र व्यवस्थित रूपमा बढिरहेको छ भन्ने हाम्रो निष्कर्ष हो । त्यसैले हामीले सांसदभित्रको भूमिकालाई पनि प्रभावकारी बनाउनुपर्‍यो, र राष्ट्रिय राजनीतिको हस्तक्षेपलाई पनि हामीले केन्द्र भागबाट अगाडि बढाउनुपर्छ भनेर केही दिनको कार्यक्रममा फेरेको हो । हामी तुरुन्तै अभियानलाई निरन्तरता दिन्छौँ ।’

उनले अहिलेको सरकारले अलोकप्रिय काम गरेकै कारणले राजावादीहरूले सक्रियता बढाउने मौका मिलेको दाबी गरे ।वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अहिलेको सरकारले भ्रष्टाचारमा केन्द्रित रहेको भन्दै लोकतन्त्र, देश र जनताको हितमा काम नगर्ने दाबी गरे ।उनले अग्रगमनको संविधान संशोधन गर्न तयार रहेको भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थामा जानुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट