ब्रिसबेन : कसैको छाती चिरिएको छ, मुटु निकालिएको छ र त्यसको ठाउँमा धातुको मुटु राखिएको छ । कल्पना गर्नुस् त । झट्ट सुन्दा यो कुनै साइन्स फिक्शन फिल्मको कथा जस्तो सुनिएला । तर सपना जस्तो लाग्ने यो कुरा साकार हुनु विज्ञानको चमत्कार हो ।
अस्ट्रेलियामा एक जना मानिसलाई पनि टाइटेनियमबाट बनेको मुटु प्रत्यारोपण गरिएको थियो । मानव मुटुको लागि दाताको पर्खाइमा रहेको समयमा कृत्रिम धातुको मुटुको सहायताले ती पुरुष १०० दिनसम्म जीवित रहे । यो आफैमा एउटा रेकर्ड हो ।
ती पुरुषको पहिचान गोप्य राखिएको छ । उनको उमेर लगभग ४० वर्ष भएको बताइएको छ । २०२४ को नोभेम्बरमा सिड्नीको सेन्ट भिन्सेन्ट अस्पतालमा शल्यक्रिया गरेर धातुको कृत्रिम मुटु राखिएका उनी विश्वकै पहिलो मान्छे बनेका थिए । यही मुटुको साथमा फेब्रुअरीमा ती पुरुष अस्पतालबाट डिस्चार्ज पनि भए । गम्भीर मुटुको विफलताबाट पीडित बिरामीलाई टाइटेनियमबाट बनेको टोटल आर्टिफिसियल हार्ट नामक विशेष प्रकारको रक्त पम्प प्रयोग गरेर जीवित राखिएको थियो । गत हप्ता दाताको मुटु नपाउँदासम्म यो कृत्रिम मुटुले उनलाई जीवित राख्यो ।
सिड्नीको सेन्ट भिन्सेन्ट अस्पताल, मोनाश विश्वविद्यालय र बीभ्याको कृत्रिम मुटु विकास गर्ने अमेरिकी–अष्ट्रेलियाली कम्पनीद्वारा जारी विज्ञप्ति अनुसार, बिरामी स्थिर अवस्थामा छ र द्रुत गतिमा निको हुँदैछन् । डाक्टर र वैज्ञानिकहरूका अनुसार यो कृत्रिम मुटु मुटु रोग लागेर मुटु नै फेर्नु पर्ने अवस्थामा पुगेका बिरामीहरूको लागि दीर्घकालीन समाधान बन्न सक्छ ।
तर मुटु अहिले परीक्षण चरणमा भएको र सर्वसाधारणका लागि उपलब्ध नरहेको बताइएको छ । शल्यक्रिया गर्ने कार्डियोथोरासिक र ट्रान्सप्लान्ट सर्जन डा. पल जान्जले यसलाई गेम–चेन्जर भनेका छन् ।
अमेरिकी खाद्य तथा औषधि प्रशासन एफडीएले २०२३ को जुलाई र नोभेम्बरको बीचमा अमेरिकाका पाँच बिरामीहरूमा यो कृत्रिम मुटुको प्रारम्भिक परीक्षण गरेको थियो । यो मुुटु हालेपछि सबै बिरामीहरूलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार वर्षेनी विश्वभर १ करोड ८० लाख मानिसहरूले मुटु रोगका कारण ज्यान गुमाइरहेका छन् । यस्तो अवस्थामा, टाइटानियमको यो मुटु भविष्यमा लाखौं मानिसहरूको जीवन बचाउन प्रभावकारी साबित हुन सक्छ ।
कसरी काम गर्छ यान्त्रिक मुटुले ?
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij