Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

भ्रष्टाचार नियन्त्रण नहुँदा जनतामा निराशा छाएको छः महामन्त्री थापा

भ्रष्टाचार नियन्त्रण नहुँदा जनतामा निराशा छाएको छः महामन्त्री थापा

पश्चिम नवलपरासी : नेपाली काग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालमा भ्रष्टाचार नियन्त्रण नहुँदा जनतामा निराशा छाएको बताउनुभएको छ ।पश्चिम नवलपरासीको सुनवलमा नेपाली काग्रेसको प्रदेश सभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दे थापाले जनतामा छाएको निराशाको छिटो भन्दा छिटो सम्बोधन गर्नुपर्ने बताउनुभयो । नेताहरु भ्रष्ट्राचारमा डुबे भन्ने जनमानसमा परेको बताउदै सबै काण्डहरुको निष्पक्ष छानविन हुनुपर्ने थापाको भनाई छ ।

सरकारका नियामक निकायहरुको अनुसन्धानलाई विश्वास नगर्ने हो भने संसदिय समिति वा अन्य न्यायिक आयोग मार्फत ठुला काण्डहरुको छानविन गरी नेताहरुमा शुद्धिकरणको अभियान संञ्चलान गर्नुपर्नेमा जोड दिनुभयो ।

भ्रष्ट्राचार भएको छ तर कारवाही हुदैन भन्ने जनतामा परेको बताउँदै थापाले निष्पक्ष छानविन गरेर कुनै पनि हालतमा कारवाहीको दायरमा ल्याउन सके मात्रै नेपाली समाजमा आशाको संञ्चार गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

विकास निर्माणका काम समेत समयमै पुरा नहुँदा झनै निराशा बढेको बताउँदै महामन्त्री थापाले विकास निर्माणका आयोजना समयमै नसकिनुको कारण सरकारले पहिल्याउनुपर्ने बताउनुभयो ।रोजगारीको अवसर सृजना गरेर जिविकोपार्जनमा समस्या नहुने गरी समान रोजगारीका अवसर सृजना गरेर विशेषगरी युवा पुस्तामा छाएको निराशा हटाउनुपर्नेमा थापाको जोड छ ।

कार्यक्रममा काग्रेसका केन्द्रिय सदस्यद्धय देवेन्द्रराज कंण्डेल, सरस्वती अर्याल, प्रदेश महामन्त्री विक्रम खनाल लगायतले काग्रेस एकढिक्का भएर जनतामा छाएको निराशा चिर्न तर्फ लाग्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट