Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सरकारले चाहे ज्ञानेन्द्रलाई नागार्जुनबाट हटाउन सक्छ : कृष्णप्रसाद सिटौला

सरकारले चाहे ज्ञानेन्द्रलाई नागार्जुनबाट हटाउन सक्छ : कृष्णप्रसाद सिटौला

धनगढी : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले चाहे ज्ञानेन्द्रलाई नागार्जुनबाट हटाउन सक्ने बताएका छन्।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै नेता सिटौलाले सो कुरा बताएका हुन्।

उनले पूर्वराजा ज्ञानेन्द्र शाह पक्षधरको प्रदर्शनले आत्तिनुपर्ने अवस्था नरहेको बताए। उनले पूर्वराजा ज्ञानेन्द्रको ताकतबारे आफू जानकार रहेको उनको भनाइ थियो।

नारायणहिटीबाट ज्ञानेन्द्र शाह निर्मलनिवास सर्दा सिटौला गृहमन्त्री थिए। त्यसबेला आफूले गएर ज्ञानेन्द्र शाहसँग करिब एक घण्टा बसेर कुरा गरेको सिटौलाले सुनाए।

सरकारले निर्णय गरेर नागार्जुनमा बस्न दिएको भन्दै उनले सरकारले चाहे पूर्वराजालाई नागार्जुनबाट समेत हटाइदिन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट