Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

प्रचण्डद्वारा रुपन्देहीको जमुहानी पोखरा ताल पार्कको शिलान्यास

प्रचण्डद्वारा रुपन्देहीको जमुहानी पोखरा ताल पार्कको शिलान्यास

बुटवल : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार रुपन्देही जिल्लाको ओम तिया–६ मा अवस्थित राम जानकी जमुहानी पोखरा ताल पार्कको शिलान्यास गरेका छन् । पार्कको शिलान्यास गर्दै प्रचण्डले यस्ता ताल तथा पार्कहरूले रुपन्देहीको धार्मिक तथा ऐतिहासिक महत्वको पार्क निर्माणले पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

उनले स्थानीय पर्यटनसँग जोड्न यस्ता पार्कहरू अन्य ठाउँमा पनि बनाउन आग्रह गर्दै निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले स्थानीयहरू समन्वय यस्ता पार्क तथा धार्मिक स्थलहरू संरक्षण गर्नको लागि सरकारले ध्यान दिनु पर्ने बताए ।

स्थानीय ,प्रदेश र सङ्घले जसले जहाँ विकास निर्माणको काम गरे पनि स्थानीयहरूले अपनत्व हुने गरी गर्नु पर्ने उनको भनाई थियो । सो अवसरकार ताल संरक्षण समितिका अध्यक्ष एव ओम तिया गाउँपालिका वार्ड ६ का अध्यक्ष शिव कुमार धवलले ऐतिहासिक ठाउँ पार्क निर्माण आन्तरिक पर्यटन भित्राउने उद्देश्य रहेको बताएका थिए ।

प्रचण्ड आज दिनभर विभिन्न रुपन्देही कार्यक्रम सहभागी हुने छन् । त्यसपछि अध्यक्ष प्रचण्ड बुटवल उपमहानगरपालिकाको समन्वयमा ज्योति नगर पहिरो क्षेत्रको निरीक्षण गर्नेछन् । पछिल्लो समय बुटवलका पहिरो ग्रस्त स्थानमा ज्योति नगर पहिरोका कारण स्थानीयवासी समस्यामा परेका छन्, जसको स्थलगत निरीक्षण गरी आवश्यक समाधानका उपायहरूबारे स्थानी तह सँग समन्वय गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट