Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा आगजनी

महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा आगजनी

विराटनगर : विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचन समितिको कार्यालयमा नेविसंघ शेखर कोइराला पक्षले आगो लगाएको छ । नेविसंघले आधिकारिक सङ्गठनको मान्यता प्रज्जवल विष्टको समूहलाई दिएपछि अर्को समूह आक्रोशित बनेको हो । विष्टको समूहलाई देउवा पक्षले आधिकारिक मान्यता दिएको छ ।

नेबिसंघको इतर समूह सरोज पोख्रेल पक्षका गुड्डु साहकाे नेतृत्वमा योगराज दाहाल लगायत १२–१४ जनाको समूहले निर्वाचन सम्बन्धी असन्तुष्टि जनाउँदै आगो लगाउनुको साथै स्ववियु निर्वाचन अधिकृत सुशील अधिकारीलाई कोठामै थुनेका थिए । आगलागीका कारण कागजपत्र आगजनी भएको छ। यद्यपि उक्त ताला केही समयपछि प्रहरीले फोडेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट