Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

माओवादीले आपत्ति जनाएपछि प्रतिनिधिसभा बैठक स्थगित

माओवादीले आपत्ति जनाएपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बैठकमा सरकारका प्रतिनिधि नभएको भन्दै आपत्ति जनाएपछि प्रतिनिधिसभाको बैठक सुरु नहुँदै स्थगित भएको छ । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सभामुख देवराज घिमिरेले बैठक सुरु भयो भन्ने वित्तिकै सरकारका प्रतिनिधि बैठकमा उपस्थित नभएको भन्दै आपत्ति जनाएका थिए ।

त्यसपछि सभामुख घिमिरेले नियमावलीमा भएको व्यवस्थाअनुरुप सरकारको प्रतिनिधि अनिवार्य उपस्थित हुनुपर्ने भन्दै बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् । बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले सरकारले सदनलाई हेपिरहेको बताए । उनले भने, ‘सरकारले सदनलाई हेपिरहेको छ । जनप्रतिनिधिहरूको संस्थालाई हेपिरहेको छ ।

समिति र उपसमितिका बैठकमा विपक्षीहरू उपस्थित भएपनि सरकारका प्रतिनिधि उपस्थित भएका थिएनन् । आज त सदनमै सरकारका प्रतिनिधि देखिएनन् ।’ उनले सरकारका प्रतिनिधि नभई नियमावलीमा भएको व्यवस्थाअनुसार बैठक बस्न नसक्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट