Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

अमेरिकाले भन्यो – रुसले कब्जा गरेको भूमि युक्रेनले छोड्नुपर्छ

अमेरिकाले भन्यो – रुसले कब्जा गरेको भूमि युक्रेनले छोड्नुपर्छ

एजेन्सी : अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुसले कब्जा गरेको भूमि युक्रेनले छोड्नुपर्ने बताएका छन्।रुबियोले युक्रेनले युद्ध शान्ति चाहने हो भने जग्गा त्याग्न आह्वान गरेका हुन्। रुबियोले सोमबार युक्रेनले २०१४ देखि रूसले कब्जा गरेको क्षेत्रमा भने आफ्नो दावी गर्न नहुने बताए।

रुबियोले भने, ‘मलाई लाग्छ दुवै पक्षले यो द्वन्द्वको कुनै सैन्य समाधान छैन भन्ने कुरा बुझ्नु आवश्यक छ। रुसले सम्पूर्ण युक्रेन कब्जा गर्न सक्दैन र युक्रेनको लागि पनि रुसलाई २०१४ अघिको अवस्थामा फर्काउन अत्यन्तै गाह्रो हुनेछ।’

रुबियोले रुस र युक्रेनलाई कडा निर्णय लिन तयार रहन पनि आह्वान गरेका छन्। रुबियो साउदी अरब आइपुगेका छन्। उनले साउदीमा युक्रेनका वरिष्ठ अधिकारीहरूसँग भेट्ने कार्यक्रम रहेको छ।

केही दिनअघि ह्वाइटहाउसमा युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच वार्ताको क्रममा बहस भएको थियो।बहसको कारण उक्त वार्ता सफल हुन सकेको थिएन। विवादपछि उत्पन्न भएको तिक्तता मेट्न अमेरिकी विदेशमन्त्री युक्रेनका अधिकारीहरुसँग वार्ताका लागि साउदी आएका हुन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट