Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

कुलमानबारे मन्त्रिपरिषद् अनिर्णीत, मन्त्रीले दिएनन् ‘रिपोर्ट’ !

कुलमानबारे मन्त्रिपरिषद् अनिर्णीत, मन्त्रीले दिएनन् ‘रिपोर्ट’ !

काठमाडौँ : सोमबार बसेको मन्त्रिपरिषद् बैठक नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे अनिर्णित भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कुलमानबारे सोमबार कुनै पनि निर्णय नगरेको हो ।ऊर्जामन्त्री दीपक खड्काले मन्त्रिपरिषद्मा रिपोर्ट पेस नगरेकोले र त्यससम्बन्धी कुनै निर्णय पनि नभएको बताइएको छ । सम्भवतः अर्को बैठकमा छलफल हुने बताइएको छ ।

सरकारले कुलमानलाई हटाउने उद्देश्यले यसअघिको मन्त्रिपरिषद्बाट स्पष्टीकरण सोधेको थियो । जसको जवाफ उनले आइतबार बुझाएका थिए । सोमबारको मन्त्रिपरिषद् बैठकमा राजावादीले गरिरहेको गतिविधिबारे चर्चा भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट