Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

निषेधाज्ञा जारी भएपछि राजेन्द्र लिङ्देन भन्छन् – गणतन्त्रको जग हल्लिएछ

निषेधाज्ञा जारी भएपछि राजेन्द्र लिङ्देन भन्छन् – गणतन्त्रको जग हल्लिएछ

काठमाडौं : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञाको निर्णय गरेपछि कटाक्ष गरेका छन् ।सोमबार सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष लिङ्देनले निषेधाज्ञाप्रति कटाक्ष गर्दै गणतन्त्रको जग हल्लिएको बताएका हुन् ।‘गणतन्त्रको जग हल्लिएछ, गणतन्त्र कति कमजोर छ भन्ने यो निषेधाज्ञाले प्रमाणित गर्यो’, उनले लेखेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले फागुन २५ गते आइतबारदेखि लागू हुने गरी भीभीआइपी र भीआइपीहरुको ओहोरदोहोर हुने, वासस्थान लगायतका क्षेत्रमा २ महिने निषेधाज्ञा जारी गरेको छ ।

राजावादीलगायतको प्रदर्शन बढेसँगै प्रशासनले यस्तो निर्णय गरेको हो । तरयता काठमाडौं जिल्ला प्रशासन कार्यालयले हाल जारी गरेको निषेधाज्ञा कुनै नयाँ आदेश नभई पहिलेदेखि जारी निषेधाज्ञाकै निरन्तरता भएको स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट