काठमाडौँ : राष्ट्रियसभामा उत्पत्ति भएका ४ विधेयकहरूलाई राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सोमबार प्रमाणित गरेका छन्। अध्यक्ष दाहालले प्रमाणित गरेका विधेयकहरूलाई प्रमाणीकरणका लागि मङ्गलवार राष्ट्रपतिकहाँ पठाइने उनको सचिवालयले जानकारी दिएको छ ।
अध्यक्ष दाहालले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० विद्युतीय व्यापार विधेयक, २०८० विधायन सम्बन्धी विधेयक, २०८० र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ प्रमाणित गरेका हुन् ।
विधेयक राष्ट्रपतिले प्रमाणित गरेपछि कानुन बन्ने कानुनी व्यवस्था छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij