Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

राजनीति गर्न मन भए मैदानमा आउन पूर्वराजालाई प्रधानमन्त्रीको सुझाव

राजनीति गर्न मन भए मैदानमा आउन पूर्वराजालाई प्रधानमन्त्रीको सुझाव

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीतको कुनै पनि काम स्वीकार्य नहुने बताएका छन् । सोमबार काठमाडौँमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को १६ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा संविधान विपरीतका गतिविधि बढ्न थालेको भन्दै त्यस्ता कुनै पनि काम हुन नदिने र रोक्नुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले राजावादीका नाममा सिङ्गै समाजलाई अशोभनीय बनाउने काम भइरहेको जिकिर गरे । उनले राजनीति गर्न मन भए खुला मैदानमा आउन पूर्वराजालाई सुझाव दिँदै अस्थिरता र अराजकता फैलाउन नदिइने जिकिर गरे ।

प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्ध बनाउनका लागि साक्षरता दर बनाउनुपर्ने बताए । उनले सम्पत्तिको हक संविधानले नै दिएकाले ढुक्क भएर लगानी गर्न निजी विद्यालयलाई आग्रह समेत गरे । प्रधानमन्त्री ओलीले निजी विद्यालयलाई पाँच वर्षभित्र गुठीमा लानुपर्ने प्रस्ताव कसरी आयो भनेर आफू छक्क परेको पनि जिकिर गरे ।

प्रधानमन्त्री ओलीले सरकारले तिर्न नसक्ने बालबालिकालाई निःशुल्क शिक्षा दिने दायित्व लिने र यसमा निजी क्षेत्रको पनि साथ लिने स्पष्ट पारे । कार्यक्रममा प्रधानमन्त्री ओलीले प्याब्सन गौरव, प्याब्सन रत्न आदि सम्मानबाट पूर्व अध्यक्ष भोजबहादुर शाह, लक्ष्यबहादुर केसी, डा विजय सम्बाहाम्फेलगायतलाई सम्मान प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट