Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सानोठिमीमा क्रान्तिकारी र नेविसंघको गठबन्धन, क्रान्तिकारीका ठगुन्ना साझा उम्मेदवा

सानोठिमीमा क्रान्तिकारी र नेविसंघको गठबन्धन, क्रान्तिकारीका ठगुन्ना साझा उम्मेदवा

भक्तपुर: त्रिभुवन विश्वविद्यालय अन्तर्गत सानोठिमी क्याम्पसको आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अध्यक्ष पदका लागि अखिल (क्रान्तिकारी) का नरेन्द्रसिंह ठगुन्नाको उम्मेदवारी घोषणा भएको छ । ठगुन्ना क्रान्तिकारी र नेविसंघ गठबन्धनका साझा उम्मेदवार बनेका छन्।

हाल स्नातकोत्तर तहमा अध्ययनरत ठगुन्ना विद्यार्थी माझ लोकप्रिय र स्थापित नेता मानिन्छन्। हाल उनी क्रान्तिकारीको सानोठिमी क्याम्पस इन्चार्जको भूमिकामा छन्। ठगुन्नाले अग्रजको विरासत र वर्तमानको क्रियाशीलताका कारण आफूहरूले सहजै जित्ने बताए।

नेविसंघ र क्रान्तिकारीको सहमतिअनुसार क्रान्तिकारीले अध्यक्ष, कोषाध्यक्ष सहित चार जना प्रत्यक्ष सदस्यमा उम्मेदवारी दिने तय भएको छ। नेविसंघले सचिव सहित तीन प्रत्यक्ष सदस्यमा उम्मेदवारी दिने भएको छ। त्यस्तै समानुपातिक तर्फबाट नेविसंघले उपाध्यक्ष र क्रान्तिकारीले सहसचिव लिने समेत तय भएको सानोठिमी क्याम्पसका पूर्व स्ववियु सभापति रमेश खड्काले जानकारी दिए।

त्रिविको महत्त्वपूर्ण शैक्षिक केन्द्र मानिने सानोठिमी क्याम्पसमा २०६५ यताका ३ वटा निर्वाचनमा लगातार अखिल (क्रान्तिकारी)ले सभापति जित्दै आएको छ। यसअघि ०६५ सालमा वीरेन्द्र बस्नेत, ०७३ सालमा रमेश खड्का र ०७९ सालमा रेशमलाल श्रेष्ठ क्रान्तिकारीका तर्फबाट सभापति पदमा विजय हासिल गरेका थिए

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट