काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जुलुस निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा आफूहरू नपुगेको बताएका छन्।पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा आइतबार भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रयोग भएको प्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले उक्त टिप्पणी गरेका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘एउटा जुलुस निकाल्नुपर्यो भने विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौं। अलोकतान्त्रिक, प्रणाली विरोधी र असंवैधानिक कुराहरूमा लाग्ने हामीलाई फुर्सद छैन।’
उनले आफूहरू हरेक दिन एक कदम अगाडि भन्ने सोचका साथ समृद्ध नेपालको यात्रामा रहेको पनि बताए।उनले बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थाहरूलाई आग्रह गरे।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij