काठमाडौं : समाजवादी मोर्चाको बैठक बस्न लागेको छ । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दिउँसो ४ बजे मोर्चाको बैठक बस्न लागेको हो ।
राजावादी दल र समूहका गतिविधि बढिरहेको तथा आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं फर्कने क्रममा हजारौं समर्थकले स्वागत गरी निर्मल निवाससम्म पुर्याएको पृष्ठभूमिमा समाजवादी मोर्चाको बैठक बस्न लागेको हो ।
माओवादी नेताहरूले भने मोर्चाको बैठक आकस्मिक नभई नियमित भएको बताएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij