Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

दुई वर्षमै बेलायतमा किनबेच होला ल्याबमा हुर्काइएको मासु ?

दुई वर्षमै बेलायतमा किनबेच होला ल्याबमा हुर्काइएको मासु ?

लन्डन : मानवीय खपतका लागि बेलायतमा २ वर्षभित्र ल्याबमा हुर्काइएको मासु, डेरीजन्य उत्पादन र चिनी किनबेच हुने आशा गरिएको छ । यो यसअघि अपेक्षा गरिएको भन्दा छिट्टै हो । त्यहाँको फुड स्ट्यान्डर्ड एजेन्सी (एफएसए) ले ल्याबमा हुर्काइएका खानेकुरालाई अनुमति दिने प्रक्रियालाई कसरी छिटो बनाउन सकिन्छ भनेर हेरिरहेको बीबीसीले बताएको छ ।

ल्याबमा कोषबाट साना केमिकल प्लान्टमा यी खानेकुरा हुर्काइन्छ । यस क्षेत्रमा बेलायती कम्पनीहरूले निकै प्रगति गरेका छन् । तर अहिलेको कठोर नियमनका कारण उनीहरू खुम्चिरहेका छन् । हाई–टेक फुड कम्पनीका विज्ञहरू र अनुसन्धानकर्ताहरूसँग मिलेर एफएसएले नयाँ नियमन बनाउने काम गरिरहेको छ ।

दुई वर्षभित्र ल्याबमा हुर्काएर बनाइएको खानेकुरालाई खपतको अनुमति दिन पूरा सुरक्षा मूल्याङ्कन पूरा गर्ने आफ्नो लक्ष्य भएको एफएसएले भनेको छ । गएको महिना बेलायतमा कारखानामा कुकुरको भोजनका लागि हुर्काइएको मासु पहिलो पटक बिक्री सुरु भएको थियो ।

२०२० मा सिंगापुर ल्याबमा तयार पारिएको मासु मानवीय खपतका लागि अनुमति दिने पहिलो देश बनेको थियो । त्यसको तीन वर्षपछि अमेरिकाले पनि यसको अनुमति दियो । गएको वर्ष मात्रै इजरायलले पनि यसको अनुमति दिएको छ । तर इटली, अमेरिकाको अल्बामा र फ्लोरिडा राज्यले यसमाथि प्रतिबन्ध लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट