गाजा : इजरायलले थप वार्ताका लागि दोहामा एक प्रतिनिधिमण्डल पठाउने घोषणा गरेसँगै हमासले गाजा युद्धविरामको दोस्रो चरण तत्काल अघि बढाउन इजरायलसँग माग गरेको छ । समूहले वार्तामा सीधै अघि बढ्ने आफ्नो अडानलाई आइतबार दोहो¥याएको हो ।
प्यालेस्टिनी लडाकू समूहका प्रतिनिधिहरूले सप्ताहन्तमा कायरोमा मध्यस्थकर्ताहरूसँग भेट गरी ‘बिना प्रतिबन्ध वा शर्त’ घेराबन्दी गरिएको क्षेत्रमा पुनः प्रवेश गर्न मानवीय सहायताको आवश्यकतामा जोड दिएको हमासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
उच्चस्तरीय प्रतिनिधिमण्डलले सम्झौताको ‘दोस्रो चरणका लागि वार्ता सुरु गर्न प्रत्यक्ष रूपमा अघि बढ्नुपर्ने’ आवश्यकतामा पनि जोड दिएको छ । दोस्रो चरणको वार्ताकोे उद्देश्य स्थायी युद्धविरामको लागि आधार तयार गर्नु हो।
हमासले दोस्रो चरणका लागि गाजाबाट पूर्ण इजरायली सेना फिर्ता हुनुपर्ने, नाकाबन्दी अन्त्य गर्नुपर्ने, सो क्षेत्रको पुनःनिर्माण गर्नुपर्ने र आर्थिक सहयोग गर्नुपर्ने लगायतका माग राखेको हमासका एक अधिकारीले एएफपीलाई बताएका छन् ।हमासका प्रवक्ता अब्देल लतिफ अल–कानौआले सूचकहरू सकारात्मक रहेको बताएका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले सोमबार दोहामा प्रतिनिधि पठाउने जनाएको छ ।इजरायलले युद्धविरामको पहिलो चरण अप्रिलको मध्यसम्म लम्ब्याउन चाहेको बताउँदै आएको छ ।
इजरायलमा रहेका करिब एक हजार ८०० प्यालेस्टिनी कैदीहरूको रिहाईका लागि २५ जना जीवित बन्धक र आठ वटा शवहरूको आदानप्रदान सहित छ हप्ताको सापेक्षिक शान्तिपछि मार्च १ मा त्यो प्रारम्भिक अवधि समाप्त भएको थियो ।
यो युद्धविरामले गाजामा १५ महिनाभन्दा बढी समयदेखि जारी लडाइँलाई धेरै हदसम्म रोकेको थियो । दक्षिणी इजरायलमा सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणको जवाफमा गाजामा इजरायलको निरन्तर सैन्य अभियानका कारण गाजाको लगभग सम्पूर्ण जनसङ्ख्या विस्थापित भएको तर युद्धविरामले शान्तिको लागि वातावरण बनेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij