काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’ स्थगित गरेर पदाधिकारी बैठक बोलाएको छ । तत्कालका लागि अभियान’ स्थगित गरिएकोले आज पार्टीको पदाधिकारी बैठक बोलाइएको सो पार्टीले जनाएको छ ।
मुलुकको राजनीतिक परिस्थिति र अभियानबारे छलफल गरी थप कार्यक्रम तय गर्ने उद्देश्यका साथ अभियान तत्कालका लागि स्थगित गरिएको उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
सदनलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता बोध गरी, महँगी, जनजीविका, राष्ट्र राष्ट्रियता, महत्वपूर्ण कानुन निर्माणमा केन्द्रित हुनुपर्ने आवश्यकतालाई ख्याल गरेर तत्कालका लागि अभियान स्थगित गरिएको छ प्रवक्ता सापकोटाको भनाइ छ ।
आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तथा तराई मधेस क्षेत्रमा होली, रमजानलगायत सांस्कृतिक पर्वसमेत परेकाले अभियानलाई थप व्यवस्थित बनाउने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।प्रवक्ता सापकोटाले आगामी चैत महिनाको सुरुआतदेखि पुनःअभियान सञ्चालन गरिने बताउनुभयो । झापाबाट सुरु भएको अभियान रौटहत पुगेर स्थगन भएको हो ।
अभियानअन्तर्गत भएका कार्यक्रमहरुमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित दलका केन्द्रिय नेताहरुले सम्बोधन गरिहनुभएको छ । पार्टीले आज पर्सा र भोलि चितवनमा गर्ने तय गरेको अभियानअन्तर्गतका कार्यक्रम तत्कालका लागि रोकेको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij