Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

ओली–देउवा समझदारी रहुन्जेल बाहिरी हस्तक्षेपको प्रभाव पर्ने छैन: भानुभक्त ढकाल

ओली–देउवा समझदारी रहुन्जेल बाहिरी हस्तक्षेपको प्रभाव पर्ने छैन: भानुभक्त ढकाल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य तथा जनवर्गीय संगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालले सामाजिक सञ्जाल विधेयक मिडिया नियन्त्रणका लागि नभई अराजकता नियन्त्रण गर्न ल्याइएको स्पष्ट पारेका छन्।

प्रेस चौतारी नेपाल उपत्यका प्रदेश कमिटीको दोस्रो अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले विधेयकमा कमजोरी देखिए सच्याउन आफूले पहल गर्ने प्रतिबद्धता जनाए। ‘बलियो सरकार भएकै बेला आवश्यक सुधार गरौं र कार्यान्वयनमा ल्याउँ। अहिले काम गर्न नसकियो भने पछि झनै चुनौतीपूर्ण हुन्छ,’ उनले भने।

२०८३ असारमा ओली सरकार, २०८४ पछि देउवा सरकार ढल्छ

नेता ढकालले आगामी दुई वर्षमा दुईवटा सरकार परिवर्तन हुने दाबी गरे। ‘एक पटक २०८३ असारमा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढल्छ, त्यसपछि २०८४ को निर्वाचनपछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार पनि परिवर्तन हुन्छ,’ उनले प्रस्ट पारे। उनले ओली र देउवाबीच समझदारी कायम रहेसम्म बाहिरी हस्तक्षेपको प्रभाव नपर्ने तर्क गरे।

स्ववियु निर्वाचनमा मिडियाको भूमिका महत्त्वपूर्ण

आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनलाई मर्यादित बनाउन मिडियाले सहयोग गर्नुपर्ने उनले आग्रह गरे। स्वस्थ प्रतिस्पर्धा र स्वच्छ वातावरणका लागि सञ्चार माध्यमले सकारात्मक भूमिका खेल्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट