धनगढी : सुदूरपश्चिम प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली धनगढी आउने भएका छन्। प्रदेशसभाको पाँचौँ अधिवेशन अन्तरगत १७ औँ बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन्।
प्रधानमन्त्री ओलीले आइतबार मध्यान्न १ बजे सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए । यसअघि प्रदेशसभाको पहिलो कार्यकालमा ने कपाको सरकार भएको बेला पनि प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गरेका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij