Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

सिरियामा फेरि द्वन्द्व चर्कियो, सयौंको मृत्यु भएको आशंका

सिरियामा फेरि द्वन्द्व चर्कियो, सयौंको मृत्यु भएको आशंका

काठमाडौं : सिरियाको संक्रमणकालीन सरकारले सत्ता सम्हालेपछिको सबैभन्दा खराब द्वन्द्वको सामना गरेको छ ।यो साता सरकारी सुरक्षा बल र पूर्व राष्ट्रपति बसर अल असदका समर्थकहरू बीचको झडपमा सयौं मानिसहरू मारिएको वा घाइते भएको मानव अधिकार अनुगमन समूहले जनाएको छ ।भूमध्यसागरीय तटमा रहेको लताकिया र टार्टौस क्षेत्रहरूमा बिहीबार झडप भएको हो । पूर्व राष्ट्रपति असदका लागि सिरियाली अलाविटहरूको समर्थन बलियो छ ।

सिरियाले विगत तीन महिनायता साम्प्रदायिक हिंसाको प्रकोप झेलिरहेको छ । सिरियन नेटवर्क फर ह्युमन राइट्सले हिजो भएको झडपमा बिहीबारदेखि यता २ सय २५ भन्दा बढी मानिसहरू मारिएको जनाएको छ ।बेलायतमा आधारित स्वतन्त्र मानव अधिकार अनुगमन समूहले मृत्यु हुनेहरूको संख्यामा कम्तिमा १ सय सिरियाली सरकारका सुरक्षा कर्मचारीहरू समावेश रहेको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट