Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

देवेन्द्र पौडेलको प्रश्न- पाथीभरा केबलकार निर्माणको वार्ता कहाँ पुग्यो ?

देवेन्द्र पौडेलको प्रश्न- पाथीभरा केबलकार निर्माणको वार्ता कहाँ पुग्यो ?

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले ताप्लेजुङको मुकुम्लुङमा केबलकार निर्माणको कार्यमा सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद पौडेलले पाथीभरा केबलकार निर्माणसम्बन्धी वार्ता कहाँ पुग्यो ? भन्दै सरकारसँग प्रश्न समेत गरे ।

केबलकार निर्माणका क्रममा सरकारले रोजेको दमनको बाटो गलत भएको उनको भनाइ छ । ‘पाथीभरा केबलकार निर्माणसँग सम्बन्धित वार्ता कहाँ पुग्यो ? सरकारले रोजेको दमनको बाटो गलत थियो र छ । वार्ता सम्झौता र सहमतिको विधि अपनाएर मुकुम्लुङ संस्कृति र परम्पराको संरक्षण गर्दै विकास निर्माणको कार्यलाई सहजीकरण गर्न विषेश अनुरोध गर्न चाहन्छु,’ उनले भने ।

वार्ता, सम्झौता र सहमतिको विधि अपनाएर मुकुम्लुङ संस्कृति र परम्पराको संरक्षण गर्दै विकास निर्माणको कार्यलाई सहजीकरण गर्न अनुरोध समेत गरे । सरकारले गर्न नसकेका कार्यहरू निजी क्षेत्रले गर्दै आएको उल्लेख गर्दै ऊर्जा, पर्यटन, कृषि जस्ता क्षेत्रहरुमा अझै बढी लगानीको आवश्यकता रहेको बताए ।

‘सरकारले गर्न नसकेका कार्यहरु निजी क्षेत्रले गर्दै आएको र उर्जा, पर्यटन, कृषि जस्ता क्षेत्रहरुमा अझै बढी लगानीको आवश्यकता भएको कुरामा हामी सबै स्पष्ट छौं,’ सांसद पौडेलले भने, ‘निजी क्षेत्रलाई प्रोत्साहन गर्नु राज्यको दायित्व हो । चन्द्र ढकाल जस्ता व्यवसायीहरुलाई प्रोत्साहन गर्दै केबलकार निर्माणमा सहजीकरण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट