काठमाडौं : सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले निर्धारित समयभित्रै भूमि अध्यादेश पनि पारित हुने दाबी गरेका छन्।मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सञ्चारमन्त्री गुरुङले सो कुरा बताएका हुन् ।उनले भूमि अध्यादेशबारे सत्तारुढ दलहरूबीच छलफल चलिरहेको बताए।
सञ्चारमन्त्री गुरुङले भने, ‘सरकारले ६ वटा अध्यादेश जारी गरेको थियो। जारी भएको अध्यादेश सांसदबाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार ५ वटा प्रतिनिधि र राष्ट्रियसभाबाट पारित भइसकेका छन्। एउटा बाँकी छ। ६० दिनभित्र पास गर्नुपर्ने हुन्छ। भूमि अध्यादेशमा सत्तारुढ दलहरूबिच फेरि छलफल र विस्तृत सहमति गर्न आवश्यक छ। त्यसैले त्यो हराएको छैन।’भूमि अध्यादेश पारित गर्न जसपा नेपालले अस्वीकार गरेपछि अहिले होल्डमा राखिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij