काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन् ।
उनले गणतन्त्रको विकल्प नरहेको बताए। उनले अढाइ सय वर्षसम्म नेपाली जनताले राजतन्त्र भोगेको भन्दै अहिले राजा ल्याउने नाममा अमूल्य समय खेर नफाल्न आग्रह गरे।
महासचिव पोखरेलले भने,’गुनासा र असन्तुष्टि आफ्नो ठाउँमा होलान्। तर, गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइन। अढाइ सय वर्ष नेपाली जनताले तिनका कर्म भोगेकै हो। जनआन्दोलनबाट फ्यालिएको राजतन्त्रका नाममा आफ्नो मूल्यवान समयलाई खेर नफालौं।’नेपालमा पछिल्लो समय केही समूहहरू राजतन्त्र पुनस्स्थापनाको पक्षमा वकालत गरिरहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले सडकमा प्रदर्शन समेत गर्दै आएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij