काठमाडौँ : सरकारले प्रमुख प्रशासकीय अधिकृत सरोज प्रसाद गुरागाईलाई हाजिर गराई काम गराउन पठाएको पत्र कार्यान्वयन गर्न काठमाडौं महानगरपालिकाले अस्विकृत गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायलले प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई हाजिर गराउन अनुरोध गरेकोमा महानगरका प्रमुख बालेन्द्र शाहले अस्विकार गर्नु भएको हो । प्रमुख शाहले महानगरपािलिकाको तर्फवाट हाजिर गराउन नसकिने अडान सहितको जवाफी पत्र मन्त्रालयलाई पठाउनु भएको छ ।
बालेनको तर्फबाट वरिष्ठ शाखा अधिकृत शान्ता पहाडीले हस्ताक्षार गर्नु भएको पत्रमा पुरानो बसपार्कको भवन निर्माणको नक्सा पास कागजातको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको उल्लेख छ । सो प्रकरणमा छानबिन चलिरहेको भन्दै प्रमुख बालेनले प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई काम गर्नवाट रोक लगाउनु भएको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij