Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

बन्दी रिहा नगरे एउटा सदस्य पनि बाँकी नराख्ने हमासलाई ट्रम्पको चेतावनी

बन्दी रिहा नगरे एउटा सदस्य पनि बाँकी नराख्ने हमासलाई ट्रम्पको चेतावनी

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई बन्दी रिहा गर्नका लागि चेतावनी दिएका छन्।ट्रम्पले हमासलाई सामाजिक सञ्जालमार्फत् तत्काल बन्दी रिहा गर्नका लागि चेतावनी दिएका हुन्।ट्रम्पले ट्र्थ सोसलमा लेखेका छन्,‘मैले यो काम सक्नका लागि इजरायललाई सबै कुरा उपलब्ध गराएको छु। मैले भने अनुसार नगरेमा हमासको एउटा पनि सदस्य बाँकी रहने छैन।’

बन्दी रिहाइका लागि अमेरिकासँग प्रत्यक्ष वार्ता गर्ने कुरा आएपछि ट्रम्पले सामाजिक सञ्जालमा यस्तो चेतावनी दिए। ट्रम्पले बन्दी रिहाइ नगरेमा हमासले कल्पनै नगरेको कठिन समयको सामना गर्नुपर्ने बताए।

उनले हमास नेतृत्वलाई तत्काल गाजा छाड्नसमेत भनेका छन्। ट्रम्पले त्यहाँका सर्वसाधारणलाई समेत चेतावनी दिएका छन्। उनले गाजावासीका लागि सुन्दर भविष्य पर्खिरहेको भए पनि बन्दी रिहाइ नभएमा त्यसो नहुने बताए।साथै उनले बन्दी रही रहे जो कोही पनि मर्नसक्ने चेतावनी दिए। युद्ध विरामपछि रिहा भएका बन्दीसँग ह्वाइट हाउसमा भेटवार्ता गरेपछि ट्रम्पको त्यो पोस्ट सार्वजनिक भएको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट