Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

६ जिल्लामा नयाँ सीडीओ पठाइयो, को-कहाँ ?

६ जिल्लामा नयाँ सीडीओ पठाइयो, को-कहाँ ?

काठमाडौं : सरकारले ६ वटा जिल्लामा नयाँ सीडीओ पठाएको छ । बिहीबारेको निर्णयानुसार गृहमन्त्रालयमा थन्किएकामध्ये ५ सहसचिवको पदस्थापन तथा २ सीडीओको सरुवा गरिएको हो ।संखुवासभाका सीडीओ विनोदकुमार खड्का रौतहट सरुवा हुँदा नुवाकोटका सीडीओ रामकृष्ण अधिकारीलाई गृह मन्त्रालय ल्याइएको छ ।

सहसचिवहरू धर्मराज जोशी बाँके, दिव्यराज पोखरेल संखुवासभा, नरहरि घिमिरे खोटाङ, विजयराज सुवेदी ओखलढुंगा र शशिधर घिमिरे नुवाकोटको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट