Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

संसद् बैठकअघि प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक

संसद् बैठकअघि प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् । बिहान प्रचण्ड निवास खुमलटारमा पदाधिकारीको अनौपचारिक बैठकले विपक्षी दलहरूको बैठक बोलाएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

बैठकमा भाग लिनका लागि अध्यक्ष प्रचण्डसहित माओवादीका शीर्ष नेताहरू अहिले संसद् भवन नयाँ बानेश्वर जाँदैछन् । विपक्षमा माओवादी, नेकपा एकीकृत समाजवादी, रास्वपा, राप्रपा, राजमो, आजपा रहेका छन् ।

सरकारले भूमिसम्बन्धी अध्यादेश बाहेक पाँचवटा अध्यादेश आज दिउँसो बस्ने संसद् बैठकमा निर्णायर्थ पेस गर्ने तयारी गरेको बेला विपक्षी दलको बैठक बस्न लागेको हो । यसअघि बसेको विपक्षी दलको बैठकले सरकार संसद् छलेर अध्यादेशबाट शासन गर्न लागेको निष्कर्ष निकाल्दै संयुक्त रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट