Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सरकार र ग्यास उद्योगीबीच सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति

सरकार र ग्यास उद्योगीबीच सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति

काठमाडौं : सरकार र ग्यास उद्योगीहरूबीच पाँच बुँदे सहमति भएको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य तथा आपूर्ति सचिव गोविन्द बहादुर काकी, नेपाल एलपि ग्यास उद्योग संघका पदाधिकारीहरूको उपस्थितिमा पाँच बुँदे सहमति भएको हो ।

आन्तरिकतर्फ ग्यासमा प्रतिसिलिण्डर १२.७५ ले मूल्य वृद्धि गर्ने सहमति भएको छ । सहमतिसँगै अब ग्यासको भाउ प्रतिसिलिन्डर १ हजार ९ सय १० बाट बढेर १ हजार ९ सय २२ रुपैयाँ ७५ पैसा पुगेको छ ।

ग्यास उद्योगीलाई दिइँदै आएको मुनाफा प्रतिसिलिण्डर रकममा प्रदान गर्ने वा निश्चित प्रतिशतमा प्रदान गर्ने भन्ने सम्बन्धमा निगमले उपसमिति बनाई अध्ययन कार्य अगाडि बढाउने सहमति भएको छ ।यस्तै निगम र संघ दुवैको समन्वयमा सम्बोधन गर्न सकिने मागहरू निगम व्यवस्थापनले सम्बोधन गर्ने पनि सहमति भएको छ ।

निगमले सम्बोधन गर्न नसक्ने अन्य मागहरू सञ्चालक समिति तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस गर्ने र नेपाल एलपी ग्यास उद्योग संघले आजदेखि एलपी ग्यासको आपूर्ति सहज बनाउने सहमति भएको छ ।विभिन्न माग राख्दै ग्यास उद्योगीहरू आन्दोलनमा उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट