Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

व्यवसायीलाई जनमतले पार्टीमा भित्र्यायो

व्यवसायीलाई जनमतले पार्टीमा भित्र्यायो

काठमाडौँ : उद्योगी व्यवसायीहरू जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टीका खस–आर्य संयोजक लक्ष्मी खड्काको संयोजनमा काठमाडौँका दीपक थापा, श्रीया थापा, आदित्य थापा, यमुना श्रेष्ठ, अन्जु राय चाम्लिङ, कुमारी खड्का, सन्तोष थपलिया, रश्मि थापा, सविता नगरकोटी, अर्जुन प्रसाद चौलागाईं, पवित्रा कुईकेल जनमत पार्टीमा प्रवेश गरेको सो पार्टीका प्रवक्ता डा.शरद यादवले बताए ।

त्यस्तै रामेछापका सुभाष दर्जी, दीपेन्द्र तिमल्सिना, मोरङका योगेन्द्र कोइराला, सुनसरीका अपसरा खड्का, बाजुराका जनक जैसी र इलामका कामना पनि जनमत पार्टीमा प्रवेश गरेका छन् । उनीहरू सबै विभिन्न व्यवसायमा संलग्न रहेको जनमतले जनाएको छ । उनीहरूलाई मंगलबार पार्टीका अध्यक्ष डा .सिके राउतले टिका लगाएर स्वागत गरे । पार्टी प्रवेश कार्यक्रम बानेश्वरस्थित पार्टी कार्यालयमा आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट