काठमाडौं : काठमाडौं महानगरपालिमा प्रमुख प्रशासकीय अधिकृत नपठाएपछि मेयर बालेन्द्र शाह (बालेन) सरकारमाथि खनिएका छन् ।सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर बालेनले सरकार भ्रमको खेतीमा रमाई रहेको बताएका हुन् ।
पछिल्लो समय काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत टिक्दैनन् भन्ने आरोप एमाले नेताहरुले लगाँउदै आएका छन् ।मेयर बालेनले महानगरमा प्रमुख प्रशासकीय अधिकृत टिक्दैनन् भनेर भ्रम फैलाउन खोजिएको उल्लेख गरे।
एमालेका महासचिव शंकर पोखरेलले केही दिनअघि फेसबुकमा स्टाटस लेख्दै पछिल्लो समय काठमाडौं महानगरमा कार्यकारी अधिकृत जान मानिरहेका छैनन् भन्नेमा मेयर शाहको ध्यान पुग्न नसकेको उल्लेख गरेका थिए।
एमाले महासचिव पोखरेलका आरोपमाथि लक्षित गर्दै मेयर बालेनले सोमबार जबाफ फर्काएका छन्। मेयर बालेनले भ्रमको खेतीमा पिएचडी पाउन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुने भन्दै आफ्ना तर्फबाट प्रष्टीकरणसहित संघीय सरकारमाथि नै केही प्रश्न तेर्साएका छन्।
मेयर बालेनले भनेका छन्,‘अहिलेसम्मको हाम्रो कार्यकालमा ४ जना कार्यकारी हटेका छन्। ४ मध्ये २ लाई हटाउनुको कारण उनीहरू भ्रष्टाचारमा संलग्न रहेको भनेर हो। के कार्यकारी टिक्छन् भन्ने देखाउन हामीले भ्रष्टहरूलाई संरक्षण गरिराख्नु पर्ने हो ? २ जनालाई सरकारले हटाएको हो, त्यो पनि महानगरलाई जानकारीसमेत नदिएर। ’
उनले भ्रष्टाचारमा जोडिएकाले प्रमुख प्रशासकीय अधिकृत महानगरले हटाएको दाबी गर्दै सरकारले के कारण हटायो भन्ने प्रश्न पनि गरे। उनले काठमाडौंमा कार्यकारी जान मान्दैनन् भन्ने लज्जास्पद, लाचार र गैरजिम्मेवार भनाइ रहेको पनि बताए।आफ्नो कर्मचारीमा नियन्त्रण नभएको, कर्मचारीको विश्वासमा यतिसम्म गिरेको सरकारले समृद्धि ल्याइदिन्छ भनेर हामीले पत्याइदिनु पर्ने भन्दै उनले प्रश्नसमेत गरेका छन्।
यस्तो छ बालेनको भनाइ:
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij