Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

एकताबद्ध भएर अघि बढे मात्रै सरकार सफल हुन्छ : देउवा

एकताबद्ध भएर अघि बढे मात्रै सरकार सफल हुन्छ : देउवा

रूपन्देही : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकताबद्ध भएर अघि बढे मात्रै सरकार सफल हुने बताएका छन्।भैरहवामा पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले सो कुरा बताएका हुन् ।उनले अहिले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार रहेको र भोलिका दिनमा कांग्रेसको नेतृत्वमा सरकार रहने भएकोले एकताबद्ध भई अघि बढ्नुपर्ने बताए।

सभापति देउवाले भने,‘हामी एकताबद्ध भई अघि बढ्नुपर्छ। त्यसो भएका खण्डमा भोलि हाम्रो सरकार बनेका खण्डमा एमालेको पनि पूरा भरोसा रहनेछ।सरकारमा रहेका सबै दलहरू एकताबद्ध भएर अघि बढेमा भोलिका दिनमा सरकार सफल हुनेछ ।’

सभापति देउवाले अहिले सरकारमा कांग्रेस, एमालेसहित विभिन्न दलहरू रहेको पनि बताए। सभापति देउवाले पार्टीभित्र देखा परेका मतभेदलाई अन्त्य गरेर जानुपर्नेमा जोड दिए। उनले पार्टीलाई अझै ठूलो बनाउन लाग्नुपर्ने बताए।उनले कांग्रेसलाई जीवन्त पार्टीका रूपमा अघि बढाउनुपर्ने पनि बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट