काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा मनिष झा फर्किएका छन् । सोमबारदेखि कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा फर्किएको सामाजिक सञ्जाल फेसबुक मार्फत झाले जानकारी गराएका छन् ।
‘म केही सप्ताहको अध्ययन बिदा पश्चात आजबाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ता (कार्यवाहक) को जिम्मेवारीमा फर्किएको छु’, उनले लेखेका छन् । झा गत माघ पहिलो हप्तादेखि अध्ययनका लागि एक महिना बिदामा बसेका थिए । उनको अनुपस्थितिमा सह–प्रवक्ता प्रतिभा रावलाई जिम्मेवारी दिएका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij