Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

जनमत पार्टीको केन्द्रीय समिति बैठक बस्ने

जनमत पार्टीको केन्द्रीय समिति बैठक बस्ने

काठमाडौँ : सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समितिको पूर्ण बैठक बस्ने भएको छ । फागुन २५ र २६ गते महोत्तरीको पावन मिथिला होटलमा सो पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको हो । त्यस्तै सो पार्टीको प्रदेश समन्वय समिति, मधेस प्रदेशको बैठक पनि बस्ने भएको छ । उक्त समितिको बैठक फागुन २७ गते सोही होटलमा बस्ने समेत जनमत पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले जानकारी दिएका छन् ।

त्यस्तै सो पार्टीका धनुषा जिल्ला इन्चार्जले गरेका केही पालिका कमिटी विघटन र पुनर्गठनका विषयलाई केन्द्रीय सचिवालयले अनुमोदन नगरेको समेत प्रवक्ता यादवले बताएका छन् । उनले ती पालिकामा पहिलेकै समिति यथावत् रहने समेत स्पष्ट पारेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट