Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

राजावादी समूह नारायणहिटी छिर्ने प्रयास गरेपछि…

राजावादी समूह नारायणहिटी छिर्ने प्रयास गरेपछि…

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा घोषणा गर्दै शाही युवा शक्ति नेपालले काठमाडौंमा र्‍याली निकालेको छ। राजधानीको दरबारमार्गमा प्रदर्शनका कारण माहोल अशान्त बनेको छ।

पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरू नारायणहिटी दरबार संग्रहालयमा छिर्ने प्रयास गरिरहेका छन्। यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।

सामाखुसीबाट निस्किएका प्रदर्शनकारीहरू दरबारमार्ग आइपुग्दा नारायणहिटी संग्रहालय अगाडि भिड जम्मा भएको थियो। उनीहरूले ‘गणतन्त्र मुर्दावाद’, ‘राजतन्त्र जिन्दाबाद’, ‘हामीलाई राजा चाहियो’, ‘राजा आऊ, देश बचाउ’ जस्ता नारा लगाउँदै प्रदर्शन गरे। समर्थकहरूले नेपालको झन्डा बोकेर बाइक र पैदल र्‍याली गरे भने केहीले पूर्वराजा शाहको ठूलो तस्बिरसमेत बोकेका थिए।

उनीहरूले झन्डा हल्लाउँदै नाचगानसमेत गरे। नाराबाजी र भिडले सडक अस्तव्यस्त बनाएको छ। ट्राफिक व्यवस्थापनमा पनि समस्या देखिएको छ। पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले नारायणहिटी संग्रहालयमा राखिएको श्रीपेच पुनः राजालाई लगाइदिनुपर्ने समेत बताएका छन्।स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी तैनाथ गरिएको छ भने नारायणहिटी क्षेत्रमा थप प्रहरी परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट