कास्की : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सरकारले ल्याएका सबै अध्यादेश दुवै सदनबाट पारित हुने बताएका छन्।पोखराको हिमालय आँखा अस्पतालको ३२औं वार्षिकोत्सवको उद्घाटन गर्दै सञ्चारमन्त्री गुरूङले सो कुरा बताएका हुन् ।उनले अध्यादेशहरू राष्ट्रको हितलाई केन्द्रमा राखेर ल्याइएकाले पारित हुने बताए ।
सञ्चारमन्त्री गुरूङले सुशासन प्रवद्र्धन र सार्वजनिक सेवालाई प्रभावकारी बनाउने गरी सरकारले अध्यादेश ल्याएकाले पारित हुने विश्वास व्यक्त गरे।उनले विकासको जनअपेक्षा पूरा गर्न सरकारले तत्काल केही ऐन संशोधन अत्यावश्यक ठाकेकाले अध्यादेश ल्याएको र ती अध्यादेश संघीय सदनका दुवै सदनमा प्रस्तुत भइसकेको बताए ।
उनले शिक्षा स्वास्थ, अर्थतन्त्र सबै क्षेत्र तहसनहसको अवस्था देखेपछि सरकारले सुधारको योजनासहित अध्यादेशबाट कानुन संशोधन गरेको दावी गरे।सदनबाट नियमित समयमा ऐन निर्माण गर्न धेरै समय लाग्ने गरेको हुनाले सरकारले अध्यादेशको बाटो समात्नु परेको सञ्चारमन्त्री गुरूङको भनाइ छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij